पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

संसद भवनमा बिपक्षी दलको बैठक जारी

२०८१ कार्तिक २, शुक्रवार १०:५२ बजे

काठमाडौंप्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्का‍ प्रतिपक्षी दलहरूको बैठक बोलाएका छन् । बैठक अहिले संसद् भवन नयाँ बानेश्वरमा बसिरहेको छ। 

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा अहिले विपक्षी दलहरुको बैठक जारी रहेको प्रचण्डको सचिवालयले जनाएको छ।  

बैठकमा समसामयिक राजनीतिक विषय र बाढीपहिरोपछिको अवस्थाबारे छलफल हुने नेताहरुले बताएका छन्।  बाढीपहिरो पीडितलाई राहत र पुनस्र्थापनाको लागि सरकारले तदारुकता नदेखाएको आरोप विपक्षी दलहरुले लगाउँदै आएका छन्। 

बैठकमा रास्वपा, राप्रपा, एकीकृत समाजवादी, जसपा लगायतका दलका शीर्ष नेताहरु सहभागी छन्।