पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

अमेरिकाको भर्जिनियामा कार दुर्घटना, २ नेपालीको मृत्यु

२०८१ पौष २६, शुक्रवार ०७:४८ बजे

तस्बिर: पोखरीबाट बाहिर निकालिँदै गरेको कार । एनबीसी वाशिङ्गटन डटकम

काठमाडौं— अमेरिकाको भर्जिनियामा पोखरीमा कार खसेर भएको दुर्घटनामा दुई नेपालीको मृत्यु भएको छ ।

एनबीसी वाशिङ्गटन डटकमका अनुसार बिहीवार बिहान स्थानीय समय करिब सात बजेतिर भर्जिनियाको स्यान्टिल्ली भन्ने ठाउँमा रहेको विन्डम होटल परिसरको पोखरीमा कार खस्दा कारमा सवार दुई नेपालीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा चालक ५५ वर्षका कर्ण खड्का र उनका नातेदार २० वर्षका निश्चल भट्ट छन्। 

खड्का सोही होटलमा हाउस किपिङमा काम गर्दथे । उनले आफ्नो भान्जा नाता पर्ने अर्का व्यक्तिलाई त्यही होटलमा काम लगाइदिने भनेर होटलमा ल्याएका थिए । तर कार पार्किङ क्षेत्रबाट हिउँमा चिप्लिएर करिब १० फिट गहिरो पोखरीमा खसेको थियो । दुर्घटना स्थलको भिडियो हेर्दा कारको अघिल्लो भाग पानीमा डुबेको देखिन्छ ।

मृतक कर्ण थापा छोरी ज्वाइँ र श्रीमतीसहित अमेरिकामा बस्दै आए पनि मृतक अर्का व्यक्तिको परिवार भने नेपालमा रहेको बताइएको छ ।