लेवनान- अयातोल्लाह अली खामेनीले इजरायली आक्रमणमा केही शीर्ष कमाण्डरहरू गुमाए पनि लेबनानको हिजबुल्लाह अझै बलियो रहेको कुरामा जोड दिएकाछन्।
इरानका सर्वोच्च नेताले बुधबार सैन्य कर्मचारीहरूसँगको बैठकमा बोल्दै इजरायलले शिया सशस्त्र समूहलाई लक्षित गर्ने बमबारी लगातार तेस्रो दिन जारी राख्दै गर्दा हिजबुल्लाह कमजोर भए पनि यस्को अस्तित्व नसकिने बताएका छन्।
"हिजबुल्लाहका केही प्रभावकारी र मूल्यवान सेनाहरू शहीद भए, जसले निस्सन्देह हिजबुल्लाहलाई नोक्सान पुर्यायो, तर यो त्यस्तो प्रकारको क्षति थिएन जसले समूहलाई घुँडा टेक्न सक्छ," खामेनीले भने।
"हिजबुल्लाहको संगठनात्मक शक्ति र मानव संसाधन धेरै बलियो छ र एक वरिष्ठ कमाण्डरको हत्याबाट प्रभावित हुनेछैन, यद्यपि यो स्पष्ट रूपमा क्षति हो," इरानी नेताले थपे।
उनले "प्यालेस्टिनी र लेबनानी प्रतिरोधको अन्तिम विजय हुनेछ" भनेर सम्बोधनको अन्तमा घोषणा समेत गरे ।