काठमाडौं : गाजा अस्पतालमा भएको विष्फोटमा ५०० जनाको ज्यान गएको हमासले दाबी गर्दैगर्दा अस्पताललाई कम र अन्यत्र बढी क्षति भएको केहि स्याटेलाइट तस्विरहरुले देखाएको छ ।
स्याटेलाइट तस्विरहरुले गर्दा उक्त हमला प्यालेस्टिनी आतंकवादीको रकेट बिष्फोट हुँदा भएको भन्ने प्रष्ट आधारहरु माथि चर्चा सुरुभएको छ । केहि स्याटेलाइट तस्विरहरुले अस्पतालमा भएको भनिएको बिष्फोट अस्पतालमा नभएर त्यसको वरपर नजिक भएको स्पष्ट बताउँछन् ।
इजरायली र अमेरिकी अधिकारीहरुले पनि प्रमाण सहित प्यालेस्टिनी आतंकवादीको रकेट बिष्फोट हुँदा घटना भएको दबी गरेका छन् । गाजा पट्टीको अल–अहली अरब अस्पतालमा बुधबार राति भएको विस्फोटमा कम्तीमा ४७१ जनाको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको थियो । यस विनाशकारी घटनाले हमास र यसका आतंकवादी सहयोगीहरु बीचको अन्तर्राष्ट्रिय आक्रोश र दुष्ट दोषारोपण दुवैलाई जन्माएको छ ।
विस्फोट मूलतः इजरायली हवाई हमलाको रूपमा रिपोर्ट गरिएको थियो, तर जेरुसेलम र वाशिंगटनले इजरायल जिम्मेवार थियो भनेर दृढतापूर्वक अस्वीकार गरेका छन्। इजरायलले पनि हमासले दाबी गरे अनुसार अस्पतालमा भएको हताहत सङ्ख्या झुटो भएको दाबी गर्दै मृत्यु भएका सङ्ख्याको वैधतामाथि प्रश्न उठाएको छ ।
मुख्यतः बिष्फोट हस्पिटल नजिकैको कार पार्कमा भएको देखिन्छ ।
कार पार्कमा बढी क्षति र ब्लास्ट साइट वरपरको अस्पताल परिसरमा क्षतिको उल्लेखनीय कमीले ठूलो विनाश र सयौं हताहतको हमासको दावीमा शंका उत्पन्न गर्दछ ।
इजरायलले कथित प्रमाणहरू जारी गर्दै अर्को प्यालेस्टिनी आतंकवादी समूहद्वारा इस्लामिक जिहादसँग सम्बन्धि रकेटको मिस फायरिङले बिष्फोट भएको जनाइएको छ ।
द वाल स्ट्रीट जर्नलको एक रिपोर्ट अनुसार पनि अमेरिकी अधिकारीहरूले विस्फोटको पछाडि इस्लामिक जिहादको हात रहेको गुप्तचर सङ्केतहरू सङ्कलन गरेको खुलासा गरेको छ ।