पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

प्रधानमन्त्रीले बालुवाटारमा पिताको हातबाट दशैंको टिका ग्रहण

२०८१ आश्विन २६, शनिवार १५:१९ बजे

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पिता मोहनप्रसाद ओलीको हातबाट दसैँको टीका लगाएका छन् । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुभसाइतमै ओलीले पिताको हातबाट टीका र जमरा लगाएको ओलीको निजी सचिवालयले जानकारी दिएको छ।

पिताको हातबाट टीका लगाउनु अघि प्रधानमन्त्री ओलीले पुरोहितको हातबाट नवदुर्गा भवानीको प्रसाद स्वरुप टीका र जमरा ग्रहण गरेका थिए ।

आफूले टीका लगाएपछि प्रधानमन्त्री ओलीले श्रीमती तथा आफन्तजनलाई टीका लगाइदिएका छन् ।