पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

गायक राहत फतेह खान भन्छन्- दुबईमा मेरो पक्राउको खबर झुटो हो

२०८१ श्रावण ८, मङ्गलवार ०८:१७ बजे

काठमाडौं- पाकिस्तानी गायक राहत फतेह खानले दुबईमा आफु पक्राउ भएको खबर झुटो भएको दाबी गरेका छन् ।

राहतले सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै आफु पक्राउ भएको झुटो खबर फैलाइएको भन्दै सो खबरमा विश्वास नगर्न आग्रह गरेका छन् । उनले भनेका छन्- मेरो अनुरोध छ, की यस्ता खबरमा विश्वास नगर्नु होला, म छिटै देश फर्किने छु । मैले सधै जस्तै मेरा उत्कृष्ट गीतले तपाईहरुको मनोरञ्जन गरिरहने छु ।'

यसअघि राहतका पुर्व प्रबन्धक सलमान अहमदको उजुरीमा दुबईमा प्रहरीले हिरासतमा लिएको बताइएको थियो । राहतको सलमानसँगको विवाद केहि बर्षदेखि नै चलिरहेको थियो ।

गायक राहत पटक पटक विवादमा आइरहन्छन् । यस अघि उनले एक व्यक्तिलाई जुत्ताले हानेको भिडियो भाइरल भएको थियो भने उनलाई २०१९ मा विदेशी मुद्रा स्मग्लिङ गरेको आरोप लागेको थियो ।

पाकिस्तानी गायक राहतले बलिवुडमा गाएका चर्चित गीतका लागि परिचित छन् ।