पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

भारतीय कुस्ती खेलाडी विनेश फोगाट कांग्रेसबाट विधान सभा चुनाव लड्ने

२०८१ भाद्र २२, शनिवार ०९:४५ बजे

काठमाडौं- भारतकी कुस्ती खेलाडी विनेश फोगाट नेशनल कांग्रेसमा प्रवेश गरेकी छन् । शुक्रवार कांग्रेसमा प्रदेश गरेकी फोगाटलाई कांग्रेसले हरियाणाको जुलानाबाट विनेश टिकट समेत दिएको छ ।

पेरिस ओलम्पिकमा फाइनल खेल्न अयोग्य भएकी विनेश फोगाट भारत फर्किएपछि नै कांग्रेसमा प्रवेश गर्ने अनुमान गरिएको थियो ।

विनेश फोगाट र अर्का कुस्ती खेलाडी बजरंग पुनियाले शुक्रवार कांग्रेसका वरिष्ठ सदस्यहरूको उपस्थितिमा पार्टीको सदस्यता लिएका थिए । 

विनेश फोगाट पेरिस ओलम्पिकमा पदक जित्नबाट चुकेकी थिइन् । ५० केजी तौल समूहमा उनी फाइनलमा पुग्दा पनि १०० ग्रामभन्दा बढी तौल भएका कारण अयोग्य घोषित भए ।

यसअघि बजरंग पुनिया र विनेश फोगाटले भारतीय कुस्ती महासंघका पूर्व अध्यक्ष बृजभूषण सिंहविरुद्ध महिला कुस्ती खेलाडीको यौन शोषणको विषयमा विरोध गर्दै दिल्लीको जन्तर मन्तरमा लामो समयसम्म विरोध प्रदर्शन गरेका थिए ।