पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

महिला भलिबलमा कर्णालीले ललितपुरलाई हरायो

२०८१ आश्विन १६, बुधवार १८:३३ बजे

काठमाडौं- जारी एभरेष्ट महिला भलिबल लिग अन्तर्गत कर्णाली यशविसले लगातार तेस्रो जित हासिल गरेको छ ।

कर्णालीले बुधबार सम्पन्न खेलमा ललितपुर क्विन्सलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।

कर्णालीले पहिलो सेट २५-२२, दोस्रो सेट पनि २५-२२ र तेस्रो सेट २९-२७ ले जितेको थियो ।

त्यस्तै ललितपुरले भने तेस्रो खेलमा पहिलो हार बेहोरेको छ ।