काठमाडौं- नेपाली यू-१७ फुटबल टिमले एएफसी यु- १७ एसिया कप छनोट अन्तर्गत लगातार दोस्रो खेलमा हार बेहोरेको छ । कतारको दोहामा शुक्रवार सम्पन्न खेलमा नेपाल आयोजक कतारसँग ५-० ले पराजित भएको हो ।
यसअघि बुधवार नेपाल जापानसँग ९-२ अन्तरले पराजित भएको थियो ।
समुह एफमा जापान र कतारको २-२ खेलपछि समान ६ अंक भएको छ भने अंकविहिन रहेका नेपाल र मंगोलियाको छनौटको सम्भावना समाप्त भएको छ ।
अब नेपालले अर्को खेल मंगोलियासँग सोमवार खेल्ने तालिका छन् ।