पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

आजको मौसम कस्तो रहला?

२०८१ श्रावण १४, सोमवार ०८:२२ बजे

काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। 

हाल देशभर साधारणतया बदली रहेको छ ।  बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा, कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक-दुई  स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ । 

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

त्यस्तै आज राती देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई  स्थानमा भारी  देखि धेरै भारी  वर्षाको पनि सम्भावना रहेको छ ।