पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

देशका पहाडी भूभागका केहि स्थानमा हल्का बर्षा हुने

२०८१ कार्तिक ११, आइतवार ०७:२८ बजे

काठमाडौं- हाल देशभर स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको ओडिशा आसपास रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले कोशी र मधेस प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी र बागमती प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।