काठमाडौं- श्रीलंकाको कोलम्बोमा शनिवार भएको फाइनलमा सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यू–२० पुरुष भलिबलको फाइनलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ।
उज्वेकिस्तानसँग नेपाल ३–१ को सेटमा पराजित भएको हो । खेलको सुरुवाती पहिलो सेटमा २७–२५ को शानदार जित निकालेको नेपालले त्यसपछिको दोस्रो सेट २५–१०, तेस्रो सेट २५–१६ र चौथो सेटमा नेपाल २५–२० ले पराजित बनेको हो।
प्रतियोगितामा आयोजक श्रीलंकासहित नेपाल, तुर्किमिनिस्तान, माल्दिभ्स, किर्गिस्तान र उज्वेकिस्तान सहभागी थिए।
लिग चरणको अन्तिम खेलमा नेपालले तुर्कमेनिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। त्यसअघि नेपाललले श्रीलंका र माल्दिभ्सलाई समान ३–० को सोझो सेटमा पराजित गरेको थियो भने उज्वेकिस्तानसँग ३–१ र कीर्गिस्तानसँग ३–२ सेटको हार व्यहोरेको थियो।