पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

स्पेनमा बाढीका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या २१७ पुग्यो

२०८१ कार्तिक २१, बुधवार १०:५० बजे

काठमाडौं- स्पेनका गत हप्ताको मंगलवार देखि परेको भिषण बर्षा पछि आएको बाढीका कारण हालसम्म २१७ जनाको निधन भएको छ ।

गत हप्ताको मंगलवार रातिदेखि बुधवार बिहानसम्म ४०० लिटर प्रतिवर्गमिटरभन्दा बढी पानी परेपछि यी शहरमा ठूलो क्षति पुगेको हो ।

स्पेनको उत्तर-पूर्वमा रहेको क्याटालोनिया क्षेत्र बाढीको चपेटामा परेको छ । छिमेकी भ्यालेन्सियामा उद्धार कार्य जारी छ ।

स्पेनका यातायात मन्त्री ओस्कर पुएन्टेले स्पेनी मौसम विज्ञान एजेन्सीले क्यास्टेलोन, तारागोना र बार्सिलोना प्रान्तहरूमा भारी वर्षाको लागि रेड अलर्ट जारी गरेपछि यस क्षेत्रमा स्थानीय रेल सेवाहरू रद्द गरिएको पुष्टि गरे ।

अत्यावश्यक बाहेकको यात्रा नगर्न पनि सरकारले अनुरोध गरेको छ । बाढि आए लगत्तै स्पेनका राजा रानी र प्रधानमन्त्रीले बाढीले पुर्याएको क्षतिको निरीक्षण गरेका थिए। निरक्षणका क्रममा पिडीतहरुले हिलो र अण्डाले हानेर हत्याराहरु भन्दै बिरोध समेत जनाएका थिए ।