काठमाडौं- भन्सार बिभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनामा नेपाललाई ३ खर्ब ५२ अर्ब ३७ करोड रुपैयाँ घाटा भएको छ । यस अवधिमा नेपालले कुल ४ खर्ब २९ अर्ब १३ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको छ ।
साउनदेखि असोजसम्मको अवधिमा नेपालले ३ खर्ब ९० अर्ब ७२ करोड रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ भने यही अवधिमा ३८ अर्ब ३७ करोड रुपैयाँको वस्तु निर्यात गरेको छ ।
तीन महिनाको अवधिमा आयात र निर्यात दुबै घटेकाले यो घाटा गत आवको तीन महिनाको तुलनामा ३.९६ प्रतिशतले कम हो । भन्सार विभागका अनुसार गत आवको यही अवधिको तुलनामा चालु आवमा ४.१७ प्रतिशतले आयात र ६/११ प्रतिशतले निर्यात घटेको हो।