पाठशाला न्यूज
 २०८३ वैशाख ११, शुक्रवार    

मौसम अपडेट : पहाडी भू–भागमा आंशिक बदली बाँकी भू–भागमा मौसम सफा

२०८० पौष २, सोमवार ०८:३५ बजे

काठमाडौं : जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
आज (सोमबार) बिहानसम्म देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
महाशाखाका अनुसार सोमबार राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया सफा रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।