पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

सुनको मूल्य हालसम्मकै उच्च

२०८१ कार्तिक ११, आइतवार १२:०४ बजे

काठमाडौं- सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा रु एक हजार चार सयले वृद्धि भएर एक लाख ६७ हजार चार सय पुगेको छ।

शुक्रवार प्रतितोला रु एक लाख ६६ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ६७ हजार चार सय निर्धारण भएको हो।

त्यस्तै, चाँदीको मूल्य तोलामा रु १५ ले बढेको छ । शुक्रवार प्रतितोला रु दुई सय ७० मा कारोबार भएको चाँदी आजका लागि भने रु दुई हजार ८५ निर्धारण भएको छ ।