पाठशाला न्यूज
 २०८३ वैशाख ११, शुक्रवार    

गाजाको अस्पतालहरुमा भित्र र बाहिर शवहरूको थुप्रो

२०८० कार्तिक २८, मङ्गलवार ०९:१० बजे

काठमाडौं : गाजाको सबैभन्दा ठूलो अस्पताल अल–शिफा चिहान बन्दै गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । अस्पताल भित्र र बाहिर शवहरू थुप्रिएका छन् ।
समयपूर्व जन्मिएका दर्जनौं शिशुहरु तथा र डायलासिस गर्नुपर्ने मिर्गौला रोगीलाई समेत इन्धनको अभावले राम्रोसँग उपचार गर्न नसकिएको राष्ट्रसंघका प्रवक्ताले बताएका छन् ।
गाजाका दुई ठूला अस्पतालहरू अलख्शिफा र अल–कुड्स इन्धन सकिएपछि अहिले बन्द भएका छन् । हालैका दिनहरूमा गाजा शहरको अस्पतालहरु नजिकै आक्रमण भइरहेको समचार छ ।
गाजाका अस्पतालहरू इजरायली सेनाहरूले घेरामा राखेका छन् । इजरायलले गाजाका अस्पतालहरु मुनि हमासको नियन्त्रण केन्द्र रहेको आरोप लगाउँदै अस्पताल वरपर आक्रमण गरिरहेको छ । तर हमासले भने सो कुरा अस्वीकार गरेको छ । इजरायलले अक्टोबर ७ मा हमासले गरेको आक्रमणपछि ईजरायलले गरेको आक्रमणमा ११ हजार २ सय भन्दा बढी प्यालेस्टाइनी मारिएका छन् ।

त्यसैगरी इजरायलमा हमासको आक्रमणबाट १२ सय भन्दा बढीको ज्यान गएको छ । २ सय ४० भन्दा बढीलाई बन्धक बनाईएको छ ।