काठमाडौं- प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले अवरोध गरे पनि सदन चालु रहेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिपक्षीहरुको बिरोधका बिच बिश्वासको मतको आव्हान समेत गरेका छन्।
यससँगै आजको बैठक शुरु हुना साथ कांग्रेस सांसदहरुले उठेर विरोध गरिरहेका छन्। कांग्रेसको विरोधका बीच सभामुखले बैठक अगाडी बढाउन खोजेपछि कांग्रेसका सांसदहरुले नाराबाजी गर्दै वेल घेराउ गरे पनि सदन हाल निरन्तर चालु रहेको छ।