पाठशाला न्यूज
 २०८३ वैशाख ११, शुक्रवार    

दशैंको आज तेस्रो दिन मान्यजनबाट टिका र जमरा लगाउने क्रम जारी

२०८१ आश्विन २८, सोमवार ०७:५५ बजे

काठमाडौं- बडादशैंको आज तेस्रो दिन आश्विन शुक्ल द्वादशी आज पनि नवदुर्गाको प्रसादस्वरुप दशैँको टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनको घरमा जानेक्रम जारी रहेको छ।

यद्यपि पश्चिम नेपालका केही जिल्लामा भने विजया दशमीका दिन मात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन रहेको छ।

नौ दिनसम्म पूजा आराधना गरी विजया दशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । पहिलो दिन मान्यजनकहाँ जान नपाएकाहरु पूर्णिमाका दिनसम्म मान्यजनकहाँ पुगेर टीका र आशीर्वाद लिने गर्दछन् ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीयरुपमा नै उल्लेख गरिएको छ।