सर्लाही- सर्लाही जिल्ला अदालतले सोमवार ‘लिटिल बुद्ध’ भनिने रामबहादुर बम्जन बालयौन दुराचार मुद्दामा दोषी ठहर गरेको छ ।
जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको एकल इजलासले बम्जनलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि असार १७ गतेको पेसी तोकेको अदालतका स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए।
आफूलाई तपस्वी भन्ने बम्जनले ०७३ साउन २० गते राति करिब साढे ९ बजेतिर आश्रममा आनी बनेर बसेकी एक बालिकालाई जबर्जस्ती करणी गरेकाे भन्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उजुरी परेको थियो।
घटना भएका वेला पीडित बालिका १५ वर्षकी मात्र थिइन्। उनी १८ वर्षकी भएपछि २३ माघ ०७६ मा जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको हाे।