पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

राष्ट्रिय सभा निर्वाचनः दल दर्ताका लागि आज अन्तिम दिन

२०८० मंसिर २९, शुक्रवार १०:३४ बजे

काठमाडौं : माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगले तोकेको समयसीमा आज (शुक्रबार) सकिँदैछ । संविधानको धारा २७१ बमोजिम निर्वाचनमा सहभागी हुन चाहने दलले शुक्रबार कार्यालय समयभित्र दल दर्ता गरिसक्नु पर्ने आयोगले जनाएको छ ।
आयोगका अनुसार मंसिर २४ देखि २९ गतेसम्म दर्ता भएका दलले मात्रै राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन पाउनेछन् । आयोगका अनुसार बिहीबारसम्म १० वटा राजनीतिक दलले राष्ट्रिय सभा निर्वाचनमा भाग लिन दर्ताका लागि निवेदन दिएका छन् ।
प्रमुख दलहरुमध्ये नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, जनमत पार्टी, नेमकिपा, जसपा, लोकपा, नाउपा लगायतका दलले दर्ताको निवेदन दिएका छन् ।
नेपाली कांग्रेसले शुक्रबार कार्यसम्पादन समिति बैठकपछि दल दर्ता गारउँदै छ ।

फागुन २० गतेदेखि राष्ट्रिय सभा सदस्यका २० पद रिक्त हुँदै छन् । माघ ११ गते १९ पदका निम्ति निर्वाचन हुनेछ । १ जना सदस्य भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्नेछन् ।