काठमाडौं : रियालिटी शो कमेडी च्याम्पियन सिजन ३ को उपाधि दक्षिणकाली नगरपालिकाका सुनिल खड्काले जितेका छन् ।
शनिबार भएको ग्राण्ड फिनालेमा ऋषभ काफ्ले र सुयशा खनाललाई पछि पार्दै उनी कमेडी च्याम्पियन बनेका हुन् ।
उनले नगद २५ लाख रुपैयाँ र एक विद्युतीय गाडी पाएका छन्
सुनसरीका काफ्ले फस्ट रनर अप बन्दा नवलपरासीकी खनाल सेकेण्ड रनर अप भइन् । फर्स्ट रनर अप काफ्लेले स्कुटर पाउनेछन् ।
त्यस्तै फाइनलमा पुगेका तीनै जनाको १५\१५ लाख रुपैयाँको जीवन बीमा पनि भएको छ ।