पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

जीप दुर्घटनामा पुथा उत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष बुढाको मृत्यु

२०८१ भाद्र २८, शुक्रवार १२:४१ बजे

बाग्लुङ- बाग्लुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा जीप दुर्घटना हुँदा रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको मृत्यु भएको छ ।

मृत्यु भएका अन्य दुई जनाको अहिलेसम्म सनाखत हुन नसकेको बताइएको छ । मृतक महिला र एक पुरुषको सनाखत हुन बाँकी रहेको छ ।

सो दुर्घटनामा एक पुरुष घाइते भएका छन् । घाइतेलाई उद्धार गरी बागलुङ अस्पताल पठाइएको छ ।