पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

निगमले घटायो इन्धनको मुल्य

२०८१ भाद्र ३०, आइतवार २०:२६ बजे

काठमाडौं- नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ । निगमको आइतबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ घटाएको हो । 

निगमले घटेको मुल्य आज राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ ।

नयाँ मुल्य अनुसार अब काठमाडौँमा पेट्रोलको प्रति लिटर १५९ र डिजल तथा मट्टीतेलको प्रति लिटर १४९ रुपैयाँ पर्ने भएको छ ।