जलेश्वर सर्राफ
पर्सा- वीरगंज महानगरपालिका वडा नं. १५ लक्ष्मणवाका २१ वर्षीय ओम कुमार पटेललाई सामाजिक सञ्जालको दुरुपयोग गर्दै असामाजिक क्रियाकलापहरु गरेको आरोपमा पर्सा प्रहरीले पक्राउ गरेको छ।
‘King of Parsa’को फेशवूक रिल मार्फत सामाजिक सञ्जाल आईडी प्रयोग गरी हातहतियार प्रदर्शन, अपशब्द बोलीहरु प्रयोग गर्ने, गालीगलौज, र समाजमा डर त्रास फैलाउने जस्ता गतिविधिहरुमा सलंग्न पटेललाई लक्षमणवाको प्रतिमाचोकबाट पक्राउ गरिएको हो।
पर्सा प्रहरीका अनुसार, पटेलले फेसबुक, टिकटक, इन्स्टाग्राम, ट्विटर, व्हाट्सएप र म्यासेन्जरजस्ता विभिन्न सामाजिक सञ्जालहरूमा ‘King of Parsa’ नामको आईडी प्रयोग गर्दै सार्वजनिक शान्ति भङ्ग गर्ने र द्वन्द्व सृजना गर्ने किसिमका अराजक गतिविधिहरूमा संलग्न थिए।
हामीले यस्ता गतिविधि गर्नेहरु माथि थप अनुसन्धानका क्रममा यस्ता गतिविधिमा संलग्न अन्य व्यक्तिहरूको पहिचान भइसकेको र उनीहरूको समेत तदारुकताका साथ खोजतलास भइरहेको छ।
पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी दीपक भारतीले सर्वसाधारणहरुमा यस्ता किसिमका गतिविधि तथा क्रियाकलाप नगर्न आग्रह गर्दै यदि यस्तो किसिमको अवाञ्छित कृयाकलापमा जोसुकै भएतापनि कानुनी कारबाहीको चेतावनी दिएका छन्।
