पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

आठौँ दक्षिण एसियाली कराते प्रतियोगितामा नेपाली कराते टोली टिम च्याम्पियन बन्यो

२०८१ श्रावण ५, शनिवार ०८:२७ बजे

काठमाडौं- भुटानको थिम्पुमा सम्पन्न आठौँ दक्षिण एसियाली कराते प्रतियोगितामा नेपाली कराते टोली टिम च्याम्पियन बनेको छ ।

प्रतियोगिता नेपाल, भुटान, भारत र श्रीलङ्का सहभागी थिए । नेपालले ३१ स्वर्ण, २० रजत र ११ कास्य पदक गरी कुल ६२ पदक प्राप्त गर्‍यो।

भारत २७ स्वर्ण, २० रजत र १३ कास्य पदकसहित दोस्रो र श्रीलङ्का ५ स्वर्ण १८ रजत र ३१ कांस्यसहित तेस्रो भएको छ।

आयोजक भुटान ५ रजत र ३७ कास्य पदकसहित चौथो भयो। 

गत साल पनि नेपाली कराते टोली टिम च्याम्पियन बनेको थियो।