काठमाडौं- काठमाडौं उपत्यकामा बुधबारदेखि पोलियोविरुद्ध विशेष खोप अभियान सञ्चालन हुँदैछ।
जन्मिएदेखि पाँच वर्षसम्मका बालबालिकालाई घर–घरमै पुगेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको खोप शाखाले मंगलवारदेखि शनिवारसम्म खोप दिनेछ।
निययमित खोप लिएकाले पनि अभियानका बेला अनिवार्य खोप लिनुपर्ने शाखाले जनाएको छ। सरकारले सन् २०२६ सम्ममा नेपालबाट पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ।
काठमाडौंमा ढल मिसिएको पानीमा ‘भ्याक्सिन डिराइभ्ड भाइरस’ देखिएपछि सरकारले काठमाडौं उपत्यकामा खोप अभियान सञ्चालन गर्न लागेको हो ।