बि.स.२०८० साल,पौष १३ गते, शुक्रवार, २९ डिसेम्बर २०२३ । पौष कृष्णपक्ष तृतीया तिथि । तिष्य नक्षत्र । चन्द्रराशि कर्कट ।
मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परिस्थितिअनुसार निर्णय लिन नसक्दा काम बिग्रन सक्छ । समयमा जुट्न नसक्दा पछि परिनेछ । अरूका लागि उपयोग भइनेछ र बेसुरमा दिइएको वचनले अप्ठ्यारो पार्न सक्छ । सानो असमझदारीले आफन्त टाढिन सक्छन् । अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुपर्ला । गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ । छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ ।
वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ । कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पनि पछि हट्नेछन् ।
मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर जुट्नेछ । चिताएको काम सम्पादन हुनेछ । पहिलेका कमजोरीलाई सुधार्ने मौका छ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । मान–सम्मान प्राप्त हुनेछ । सम्पादित कामबाट धन लाभ हुनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । नाम, दाम र इनाम प्राप्त हुनेछ ।
कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ । मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ । विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ । विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार प्राप्त हुन सक्छ । रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ । नयाँ कामको अवसर प्राप्त हुनाले हौसला जाग्नेछ ।
सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आम्दानीका स्रोत कमजोर हुने समय छ । पछिका लागि लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । सोखले विलासी वस्तुहरूमा खर्च गराउनेछ । साँवा उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ । आफन्तबाट टाढिनुपरे पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ । लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । नयाँ कुरा पाउन केही वस्तु त्याग्नुपर्ला । पछिका लागि लगानी गर्ने समय छ ।
कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ । रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ भने आर्थिक साझेदारीबाट पनि मनग्य लाभ मिल्नेछ ।
तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
पुराना कामको चर्चा हुनेछ भने मिहिनेत गर्दा उपलब्धिको स्रोत पनि प्राप्त हुनेछ । कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ । मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो अवसर प्राप्त हुनेछ । पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ । व्यवसायमा फाइदा हुनेछ । कर्मयोगले मानसम्मान दिलाउनेछ ।
वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ । सामाजिक दायित्व बढ्नेछ । काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ । आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । सानो प्रयत्नले समाजका लागि धेरै फाइदा हुने काम सम्पादन गर्न सकिनेछ । तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ ।
धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला । रोकिएका काममा दोहोरÞ्याएर प्रयत्न गर्नुपर्ला । सोचेको समयमा काम नबन्न सक्छ । आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला । उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला । समस्या दर्साउँदा सहयोगीहरूको साथ पाइनेछ । प्रयत्न गर्दा गुमेको साख जोगाउन सकिनेछ ।
मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ । अवसरले काममा उत्साह जगाउनेछ । व्यवसायका लागि सम्भावना खोजी गर्ने समय छ । रमाइलो यात्रा सम्भावना छ । सुमधुर दाम्पत्यले प्रफुल्लित भइनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । आर्थिक लाभ उठाउन सकिनेछ । भौतिक साधन जुट्नुका साथै दिगो काम थाल्ने समय छ । नियमित पेसा–व्यवसायमा फाइदा हुनेछ ।
कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
पुराना समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ । प्रतिस्पर्धाको दौडमा समेत जित हासिल हुनेछ । बुद्धि र बल दुवैको उपयोगले फाइदा दिलाउनेछ । कर्मयोगले भविष्यको बाटो समाउनेछ । मिहिनेतले काममा सफलता दिलाउनेछ । परिश्रम परे पनि सजिलै लक्ष्य प्राप्त हुनेछ ।
मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अध्ययनमा राम्रो प्रगति हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । शुभचिन्तकहरूले साथ दिनेछन् । प्रतिभा प्रदर्शन गर्दै उपलब्धि प्राप्त गर्न सफल भइनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोगले फाइदा उठाउन सकिनेछ ।
(राशिफलले जे–जस्तो भनेपनी तपाईहरुको दिन शुभ रहोस् )