काठमाडौं- आइतवार बिहान ११ बजे बस्ने प्रतिनिधिसभाबाट विनियोजन विधेयक पास गर्ने तयारी गरिएको छ।
बिहान ११ बजे बस्ने बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भनि प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।
बजेट पास गर्ने दिन संसदमा सबै सांसदलाई अनिवार्य उपस्थित हुन् कांग्रेसले ह्विप जारी गरेको छ। गत शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले सबै सांसदलाई अनिवार्य उपस्थित हुन भनेको हो।
आजको बैठकमा राष्ट्रियसभामा उत्पति भएको सुरक्षित कारोबार पहिलो संशोधन विधेयक २०८० का सम्बन्धमा प्राप्त सन्देशसहितको टेबुल गरिने सम्भावित कार्यसूचीमा छ।
त्यस अघि आजै विनियोजन विधयेकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची छ