पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

कांग्रेसले बोलायो संसदीय दलको बैठक

२०८१ श्रावण ५, शनिवार १०:३४ बजे

काठमाडौं- नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।  कांग्रेसले आइतवार बिहान १२ बजे बस्ने गरि संसदीय दलको बैठक बोलाएको हो ।

बैठक संघीय संसद भवन नयाँ वानेश्वर, ल्होत्से हल नयाँ बानेश्वर काठमाडौंमा हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिने तयारी गरिरहेका बेला कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । कांग्रेस-एमाले गठबन्धनको सरकारले संसदमा दुई तिहाई बहुमत पुर्याउने कसरत गरिरहेका छन् ।