रौतहट- रौतहटको गढीमाई नगरपालिका–८ मा नेकपा एकीकृत समाजवादीका बजरंगी प्रसाद यादव वडा अध्यक्ष पदमा विजयी भएका छन् । यादवले ६५५ मत प्राप्त गर्दै विजयी भएका हुन् । त्यसैगरि रौतहट कै राजपुर नगरपालिका-६ को वडा अध्यक्षमा नेपाली कांग्रेसका समसे आलम विजयी भएका छन्। आलम ७४४ मत प्राप्त गर्दै विजयी भएका हुन्।
गढीमाई-८ का विजयी उम्मेद्वार यादवका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी जीउती देवी यादवले ६३१ मत प्राप्त गरिन् । कांग्रेसका सुवोद कुमार यादव ६१७ मतका साथ तेस्रो स्थानमा रहे ।
यसैगरी राजपुर नगरपालिका-६ का विजयी उम्मेद्वार आलमका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका जिकरुलाहले चार सय ६३ मत प्राप्त गरे ।
राजपुर-६ मा नेपाल कम्युनिष्ट पार्टी एमालेका मोहम्मद नसिम अख्तरले चार सय ३१, जनमत पार्टीका क्यामुदिन धुनियाले ४५, स्वतन्त्र उम्मेदवार शेख रेयाजले ३०, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामनारायण प्रसाद जयसवालले १७, स्वतन्त्र उम्मेदवारहरु शेख मुस्ताक अहमदले दुई, नजमा खातुनले एक र शेख अतिउल्लाहले एक मत प्राप्त गरेको आयोगले जनाएको छ ।