एजेन्सी- साउदी प्रो लिगमा शिर्ष स्थानको अल हिलालसँग अल नासर बराबरीमा रोकिएको छ । हिलाल र नासरले १-१ को बराबरी खेलेका छन् ।
अल अवाल पार्क रियादमा भएको खेलमा नासरको लागि टलिस्काले तथा अल हिलालको लागि सर्ज मिलिन्कोभिजले गोल गरे ।
नासरका लागि खेलको पहिलो मिनेटमा नै टलिस्काले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । अल हिलालका लागि सर्जले खेलको ७७औं मिनेटमा बराबरी गोल फर्काए ।
९ खेलमा २५ अंकका साथ हिलाल शीर्ष स्थानमा रहेको छ । समान खेलमा १९ अंक बनाएको नासर तेस्रो स्थानमा छ ।