काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडेन र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले प्राइमरी निर्वाचनमा जित्ने लगभग निश्चित देखिएको छ ।
पार्टीबाट राष्ट्रपतिको उम्मेद्वार छान्न हुने प्राइमरी निर्वाचनमा रिपब्लिकन पार्टीबाट ट्रम्पले जित्ने लगभग निश्चित भएको हो । बाइडेन पनि डेमोक्रेटबाट उमेदवार बन्ने भएका हुन् ।
विभिन्न राज्यमा मंगलबार आयोजत ‘सुपर ट्युज्डे’ प्राइमरी निर्वाचनमा बाइडेनले १४ राज्यमा जितेका छन् । ट्रम्पले १२ राज्यमा जित्दै रिपब्लिकनबाट उनीसँग प्रतिस्पर्धामा रहेकी निक्की हेलीलाई पछि पार्ने निश्चित जस्तै भएको छ । ट्रम्पले मंगलबारलाई महत्वपूर्ण दिन भनेका छन् ।
सर्वेक्षणबाट रिपब्लिकन पार्टीका मतदाताहरूका लागि अध्यागमन र अर्थतन्त्रको मुद्दा प्रमुख देखिएको छ ।