काठमाडौं- मनकामना केबलकार आज असोज २९ गतेदेखि तीन दिनसम्मको लागि बन्द भएको छ ।
मर्मत सम्भारका लागि असोज २९, ३० र कात्तिक १ गते केबलकार बन्द गरिएको हो ।
केबलकारका नयाँ तार फेर्नुपर्ने, लठ्ठाहरुलाई छोट्याउनुपर्ने लगायतका काम गर्नुपर्ने भएकाले तीन दिनका लागि सेवा बन्द भएको मनकामना दर्शन प्रालिले जनाएको छ ।
ती काम असोज २९ र ३० गते सकिने अनुमान छ । १ गते विश्राम गरेर कात्तिक २ गतेदेखि सेवा सुरु गरिने प्रालिले जनाएको छ ।