पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

कोशी प्रदेशसभाको पाँचौँ अधिवेशनको अन्त्य

२०८१ आश्विन ५, शनिवार ०७:४३ बजे

विराटनगर- कोशी प्रदेशसभाको पाँचौँ अधिवेशन शुक्रवार राति १२ बजेदेखि अन्त्य भएको छ।

सभामुख अम्बरबहादुर विष्टले कोशी प्रदेशसभाको पाँचौँ तथा वर्षे अधिवेशन शुक्रवार राति १२ बजेदेखि अन्त्य हुने घोषणा गरेका थिए।

नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले गरेको निर्णय सभामुख विष्टले शुक्रवारको बैठकमा पढेर सुनाएका थिए। गत जेठ ११ गतेदेखि यो अधिवेशन शुरु भएको थियो।