तस्विरमा फरार युवक
जलेश्वर सर्राफ
वीरगंज- वीरगंज महानगरपालिकाका(आई.टी) शाखामा कार्यरत फ्याजूल हकको सवार मोटरसाइकल कारसँग ठोक्किएर भएको दुर्घटनामा कार चलाउन सिकाउने युवक राहुलराज सर्राफ हालसम्म फरार छन् भने कार सिक्ने युवती प्रहरी नियन्त्रणमा छिन्।
मृतक फ्याजूल हकको मङ्गलवार बिहान उपचारको क्रममा मृत्यु भएको थियो। साउन ३१ गते राति ११ः३३ बजे वीरगंज महानगरपालिका वडा नं.१६ माइधिया पोखरी(नगवा) नजिकै तीव्र गतिमा रहेको कार एक्कासि रोकिंदा पछाडिबाट आइरहेको फ्याजुल हक सवार मोटरसाइकल ठोक्किएको थियो। फ्याजुल सहित सो मोटरसाइकलमा तीनजना सवार थिए। तर पर्सा प्रहरीले दुईजनालाई मात्र सार्वजनिक गरेको छ। मोटरसाइकल चालक सशस्त्र प्रहरीका जवान भएको र उनी घटनामा सामान्य घाइते भएतापनि उनैले फ्याजुल र अर्का जयमङ्गलप्रसाद गुप्तालाई उद्धार गरेका थिए।
वीरगंज महानगरपालिका वडा न:-१० मा बस्ने कृष्ण साह सोनारको छोरी प्रीया सरार्फ र घन्टाघरमा दाँतको क्लिनिक सञ्चालन गर्ने मधुसूदन सरार्फको छोरा राहुलराज सरार्फले चलाएको भारतिय नम्बरको ( बि.आर २२ बि.सि ०४९२ कारबाट दुर्घटना हुँदा वीरगंज महानगरपालिकाको आई.टी. शाखामा कार्यरत कर्मचारी फ्याजूल हकको वीरगंजको न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। हाल दोषी युवक राहुलराज सर्राफ फरार छन्।
प्रहरीले यो घटनामा तेस्रो व्यक्तिलाई लुकाउनुको कारण के होला त्योभने बुझ्न सकिएको छैन। सिसिटिभी फुटेजमा स्पष्टसँग दुर्घटना ग्रस्त मोटरसाइकलमा तीनजना देखिएका छन्।
यसैगरी यो घटनामा भारतीय नम्बरको कारबाट एकजना युवतीले गाडी चलाउन सिकिरहेको कुरा बाहिरिएको छ। सो कारमा बाँकी दुईजनाको परिचय भन्ने खुलिसकेको छैन। प्रहरीले घटनास्थलबाट सोही दिन एकजना युवती र अर्का एकजना युवकलाई पक्राउ गरेको थियो।
उपचारको क्रममा फ्याजुलको अवस्थामा सुधार भएको बुझेर प्रहरीले गत सोमवार राति हाजिरी जमानीमा एकजना जनप्रतिनिधिको रोहबरमा परिवारको जिम्मा लगाईएको थियो।
फ्याजुलको मृत्यु भएपछि दुवैजना फरार भएका थिए। तर प्रहरीले श्रीपुरबाट युवतीलाई सोही दिन पक्राउ गर्न सफल भए पनि युवक भने हालसम्म फरार छन्।
दुर्घटनाको सिसिटिभि फुटेज