पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

जिरोनामाथि एटलेटिको म्याड्रिडको शानदार जित

२०८१ भाद्र १०, सोमवार ०९:२६ बजे

काठमाडौं- स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिडले जिरोनालाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले जिरोनालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

एटलेटिको म्याड्रिडको जितमा एन्टोनी ग्रीजम्यान, मार्कस लियोरेन्ट र कोकेले एक एक गोल गरेका थिए ।

यस सिजनको पहिलो खेलमा बराबरीमा रोकिएको एटलेटिकोको यो पहिलो जित हो । यो जितपछि एटलेटिको म्याड्रिडको २ खेलमा ४ अंक भएको छ । त्यस्तै जिरोनाको भने २ खेलमा एक अंक रहेको छ ।