पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकोप्टरमा सवार पाँच जना को-को थिए?

२०८१ श्रावण २३, बुधवार १७:०९ बजे

जलेश्वर सर्राफ 

काठमाडौं- काठमाडौंबाट उडेको तीन मिनेटपछि सम्पर्कविहीन भएको एयर डाइनेस्टिको हेलिकप्टर दुर्घटना भएको छ।

शिवपुरी-७ सूर्यचौर डाँडामा हेलिकप्टर ठोक्किएको हो । उक्त हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएको खुलेको छ । हेलिकप्टरमा अन्य चार जना चिनियाँ पर्यटकहरु पनि सवार थिए । चिनियाँ पर्यटकहरुमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु –महिला) र जेमिङ सी (पुरुष) रहेका छन् ।

दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकोप्टरमा सवार पाँचैजनाको मृत्यु भएको छ । दुर्घटनास्थलबाट एक महिला र चार पुरुषको शव निकालिएको प्रहरीले जनाएको छ।

आज बुधबार दिउँसाे १:५४ बजे काठमाडौंबाट रसुवाको स्याफ्रुबेँसीका लागि उडेको ९एन–एजेडी कलसाइनकाे हेलिकाेप्टर शिवपुरी गाउँपालिका- ७ सूर्यचौर (सुइरेचाैर)मा दुर्घटनामा परेको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उडान भरेको तीन मिनेटपछि नै हेलिकोप्टर काठमाडौं टावरसँग सम्बन्धविच्छेद भएको थियो।

 दुर्घटनाको खबर प्राप्त भएपछि प्राधिकरणले उद्धारका लागि प्रभु एयरको ९एन–एएनएल कल साइनको हेलिकोप्टर पठाए पनि एयर डाइनेस्टीकाे हाेलिकाेप्टरमा सवार पाँचैजनाकाे ज्यान गएकाे छ।