एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनललाई उपाधि होडमा धक्का लागेको छ ।
शनिवार राति भएको खेलमा ब्राइटनसँग एक एक गोलको बराबरी खेले पछि शीर्ष स्थानको लिभरपुलसँग अंक घटाउने अवसर आर्सनलले गुमाएको हो ।
आर्सनल अहिले २० खेलबाट ४० अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ । २ खेल कम खेलेको लिभरपुल ४५ अंकका साथ शीर्ष स्थानमा छ ।
ब्राइटन भने २८ अंकका साथ १० औं स्थानमा रहेको छ ।
अमेरिकन एक्सप्रेस स्टेडियममा भएको खेलमा ब्राइटनले दोस्रो हाफको पेनाल्टी मार्फत बराबरी गर्दै खेल १–१ को बराबरीमा ल्याएको हो ।
पहिलो हाफको १६ औं मिनेटमा आर्सनलका युवा खेलाडी इथन न्वानेरीले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए ।
तर, दोस्रो हाफको ६१ औं मिनेटमा जोआओ पेड्रोको पेनाल्टी गोलले ब्राइटनलाई खेलमा फर्काएका थिए ।
आर्सनलका प्रतिस्पर्धी अरने स्लटको टोली लिभरपुलले अब म्यानचेस्टर युनाइटेड र एभर्टनविरुद्ध जित निकाल्न सके, दूरी ११ अंकले बढाउन सक्छ ।