पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना

२०८१ पौष १, सोमवार ०८:०१ बजे

काठमाण्डौं- आज काठमाडौं उपत्यकासहित देशभरको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौंमा हल्का तुवाँलो लागेको छ भने तराईका केही ठाउँमा हुस्सु लागेको छ । महाशाखाका अनुसार राति गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना छ । यस्तै गण्डकी, कर्णाली र सुदूरपश्चिममा मौसम आंशिक बदली हुनेछ ।

काठमाडौंमा आज बिहानको न्यूनतम तापक्रम ४ दशमलव ८ डिग्री सेल्सियस मापन भएको छ ।

पश्चिमी वायुको सामान्य प्रभावका कारण देशभरको मौसम मुख्यतया सफा रहनेछ । महाशाखाले दैनिक जनजीवन, यातायात र हवाई उड्डयनमा असर गर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।