पटना : भारत बिहारको बेगूसरायमा छोराको बिहेमा जन्ती ( बारात) निकलने क्रममा युवा युवतीहरुले खुसीयाली मनाउँदै डांस गरिरहेका थिए ।
सोही क्रममा खुसीयाली मनाउँदै एकजना युवकले चलाएको गोली लागेर एकजना जन्ती घाईते भएका छन ।
घाईते युवकको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घाईतेको आफन्तको उजुरीको आधारमा प्रहरीले कार्वाही प्रक्रिया अगाडी बढाएको छ । बेगूसराय प्रहरीले ट्वीट मार्फत घटनाको पुष्टी गरेको छ । बेगूसराय प्रहरीले जति कडाई गरेपनि त्यहाँ विहेवारीमा गोली फायरिङ गर्ने काम रोकिएको छैन ।
शनिवार बेगूसराय जिल्ला मटीहानी थानाक्षेत्र अन्तर्गत साफापुर गाउँका ईन्दल यादवको छोराको मुनियप्पा गाउँका बब्लु यादवको छोरीको बिहेको लागी जन्ती निकलिरहेको थियो ।
सोही क्रममा एकजना युवकले गोली फायरिङ गर्दा स्थानिय युवक बर्ष २० का सुबोध यादव लाई गोली लागेको थियो ।