पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

आज दिउँसो देशभर सामान्यतया मौसम सफा रहने

२०८१ माघ १३, आइतवार ०८:३१ बजे

काठमाडाैं- हाल देशको मौसममा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतवार बिहान कोशी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। बाँकी भूभागमा मौसम मुख्यतया: सफा रहेको छ । यस्तै तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।

दिउँसो भने कोशी प्रदेशका हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ। पहाडी क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ ।

यस्तै मधेश प्रदेशमा मुख्यतया माैसम सफा रहने सम्भावना छ भने बागमतीका हिमाली क्षेत्रमा आंंशिक बदली रहने छ । यस्तै गण्डकी र कर्णालीमा हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेको छ । यस्तै पहाडी क्षेत्रमा आंंशिक बदली रहने छ ।

यसैगरी लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ भने तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । सुदूरपश्चिमका हिमाली र पहाडी क्षेत्रमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।