जलेश्वर सर्राफ
वीरगंज- शितल निवासमा सम्मानित पत्रकार लगायत थप एक जना पत्रकार बिरुद्ध वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले पर्सा जिल्ला अदालतमा गाली बेइजती मुद्दा दर्ता गराएका छन्।
वीरगंज सिटी डट कमका प्रकाशक जियालाल साह र प्रतीक दैनिकका सम्पादक प्रताप श्रेष्ठ विरुद्ध मुद्दा दायर गरिएको हो।
जियालाल साहले केही दिन यता लगातार वीरगंज महानगरको विकाश बजेट माथि मच्चाएको ब्रहमलुट बारे विरगंज महानगर भित्र भईरहेको भ्रष्टाचार र बेतिथीका बारे, अरूको छोरीलाई आफु नक्कली बुवा बनेर जिल्ला प्रशासन कार्यालय पर्साबाट नागरिकता दिलाएको बारे प्रमाण सहित मेयर राजेशमान सिंहका बारेमा समाचार जनसमक्ष ल्याउँदै आएका थिए।

वीरगंज सिटी डटकम र वीरगंजबाट प्रकाशित हुने प्रतीक दैनीकका सम्पादक प्रताप श्रेष्ठलाई हिजो शितल निवासमा आयोजित विशेष समारोहमा सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरूङले नगद रु १२ हजार र सम्मान पत्र दिएर सम्मानित गर्नु भएको थियो।
राज्य र समाजको नजरमा असल ठहरिएका व्यक्तिहरू मेयर सिंहको काला कर्तुत लगायत विरगंज महानगरले मच्चाएका वितण्डा विरुद्धका समाचारहरु उजागर गरेकै कारण उनको आवेगमा पर्दै आएका छन्।
मेयर सिंहले 'मेरो विरुद्धमा समाचार लेख्ने म अझ कति पत्रकारहरुलाई ठिक पार्छु' भन्दै आफ्नो कार्य कक्षमा बोल्दै गर्दा विरगंज महानगर भित्र कार्यरत नाम न छाप्ने शर्तमा एक कर्मचारीले बताएका छन्।
उनले थप अहिले नगरपालिका भित्र काम गर्ने वातावरण एकदमै असहज र त्रासमय रहेको समेत बताएका छन्।