काठमाडौं- काठमाडौं स्थित दशरथ रंगशालामा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र भारतबीच आज खेल हुँदै छ ।
आज पहिलो सेमिफाइनल खेल बंगलादेश र भुटानबीच अपराह्न साढे १ बजे दशरथ रंगशालामा हुने तालिका रहेको छ भने दोस्रो सेमिफाइनल खेल नेपाल र भारतबीच साँझ साढे ६ बजेदेखि शुरु हुने छ ।
समुह ए बाट बंगलादेश र भारत सेमिफाइनलमा पुगेका छन् भने समुह बी बाट नेपाल र भुटान सेमिफाइनलमा पुगेका हुन्।