पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

सरकार र आन्दोलित चिकित्सक बिच ६ बुँदे सहमति

२०८० आश्विन १४, आइतवार ०८:३८ बजे

काठमाडौं–सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति भएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा शनिबार गृह मन्त्रालयमा भएको वार्तापछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिबीच सहमति भएको हो ।
सहमति भएसँगै आन्दोलनका कार्यक्रम फिर्ता हुने भएका छन् । गृहमन्त्री श्रेष्ठले स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरू र आन्दोलन चिकित्सकहरूका प्रतिनिधिबीच सहमतिपत्रमा हस्ताक्षर भएको बताए । उनले सरकार र स्वास्थ्यकर्मीबीच भएको सम्झौता कार्यान्वयनका लागि सरकार प्रतिबद्ध भएको बताए ।
स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिको संयोजक डा. शेषराज घिमिरेले सरकारसँग सम्झौता भएसँगै आन्दोलनका कार्यक्रम अन्त्य गरिने बताए । सम्झौतापत्रमा डा. घिमिरे र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाका निमित्त सचिव डा. दीपेन्द्र रमण सिंहले हस्ताक्षर गरेका छन् ।

यस्तो छ सहमति पत्र