पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

बेलायतमा १३ वर्षपछि ठूलो हिंसात्मक प्रदर्शन 

२०८१ श्रावण २२, मङ्गलवार २०:०० बजे

एजेन्सी- बेलायतको साउथपोर्टमा चर्चित गायिका टेलर स्विफ्टको थिममा भएको डान्स पार्टीमा तीन युवतीको मृत्यु भएपछि बेलायतका धेरै सहरमा हिंसात्मक प्रदर्शन भइरहेको छ ।

बेलायतमा १३ वर्षपछि यति ठूलो मात्रामा प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीहरूले गरेको हिंसाका क्रममा ९० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ।

शनिबार लिभरपुल, हल, ब्रिस्टल, म्यानचेस्टर, ब्ल्याकपुल र बेलफास्टमा हिंसात्मक प्रदर्शनका क्रममा बोतलहरू प्रहार गरिएको थियो। धेरै ठाउँमा प्रहरीमाथि आक्रमण भएको छ । जसमा केही प्रहरी घाइते भएका छन् ।

धेरै ठाउँमा आन्दोलनकारी आमनेसामने भए । एकातिर, आप्रवासीहरूलाई समर्थन गर्ने प्रदर्शनकारीहरूले नारा लगाएका थिए "यहाँ शरणार्थीहरूलाई स्वागत छ' आदि

अर्कोतर्फ आप्रवासी विरोधी प्रदर्शनकारीले ‘रुल ब्रिटानिया’, ‘इङ्ल्यान्ड टिल आई डाई ’ र ‘वी वान्ट आवर कन्ट्री ब्याक’ जस्ता नारा लगाएका थिए।