पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

रौतहटका जयसवाल वैदेशिक रोजगारीमा क्रोएशिया पठाइदिन्छु भनी ठगी गर्दा पक्राउ

२०८१ श्रावण ७, सोमवार १५:१० बजे

काठमाडौं- वैदेशिक रोजगारमा क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गरेको अभियगाम ललितपुर महानगरपालिका-२ सानेपा बस्ने रौतहट माधवनारायण नगरपालिका-३ घर भएका २७ वर्षीय चन्दन कुमार जैसवाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

आकर्षक तलबको प्रलोभनमा पारी क्रोएशिया पठाइदिन्छु भनी ४ जना पीडितहरूबाट ५ लाख ८४ हजार रूपैयाँ लिई सम्पर्क विहीन भएका जैसवाललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१२ पचली भैरवबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।