काठमाण्डौं- इजरायलले शुक्रबार बिहान पनि गाजामा घातक हवाई आक्रमण जारी राखेको छ ।
प्यालेस्टिनी एन्क्लेभमा मारिएका व्यक्तिहरूको संख्या कम्तिमा ९,०६१ पुगेको छ भने इजरायलमा १,४०० भन्दा बढी मानिस मारिएका छन्। जमिनबाट गरिएको आक्रमणको शुरुवात देखि हालसम्म १९ सैनिक मारिएका छन् ।
इजरायली सेनाका अनुसार इजरायली सेनाले गाजा शहरलाई घेरामा राखी अगाडि बढिरहेको छ । संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय दबाबको बाबजुद युद्धविराम हुने कुनै संकेत देखिएको छैन।
इजरायली सेनाका अनुसार जमिनबाट सेनाद्वारा भएको भूमि आक्रमणलाई इजरायली वायुसेना र नौसेनाले जमिन र तटमा निशानाहरू प्रहार गर्दै हवाई र समुद्री मार्गबाट पनि सहयोग गरिरहेको बताएको छ।
सेनाले विगत २४ घण्टामा गाजा पट्टी भित्र १३० जना लडाकुको मृत्यु भएको जनाएको छ ।
इजरायली सेनाले रकेट प्रक्षेपण स्थलहरू, सैन्य गोदामहरू, साथै सुरुङ प्रणालीहरूमा पनि आक्रमण जारी राख्ने बताएको छ।
यस ग्राउन्ड अपरेशनबाट ठूलो फाइदा भएको भन्दै ठूलो नोक्सानी पनि बेहोर्नु परेको उनिहरुले बताएका छन्।
अक्टोबर ७ मा युद्ध सुरु भए देखि गाजा पट्टी भित्र १९ इजरायली सैनिकहरू सहित ३३५ जना सैनिक मारिएको सेनाले बताएको छ ।
हाल गाजा सहरको अवस्था खण्डहरमा परिणत भएकोछ । एक स्थानियका अनुसार भुकम्पले गर्ने बिनाश भन्दा भयावह अवस्था गाजा सहरले भोगेको छ । मानिसहरु खण्डहर माथि उभिएका छन् । चारैतिरबाट घेराबन्दी गरेपछिको नाकाबन्दीले जनजिवनको अवस्था भयावहबाट गुज्रिरहेको छ । प्यालेस्टाइनिहरु आफुहरुलाई सहयोग बिहिन अनुभव गरिरहेका छन् ।