काठमाडौं- बुधवार बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) मा तालिकाको शीर्ष स्थानका दुई टिम अपराजित जनकपुर बोल्ट्स र एक मात्र हार खाएको दोस्रो स्थानको सुदूरपश्चिम रोएल्सबीच प्रतिस्पर्धा हुन लागेको छ।
अपराजित टोली जनकपुरले सुदूरपश्चिममाथि जित निकाल्दै प्लेअफ यात्रा पक्का गर्न चाहन्छ भने सुदूरपश्चिम जनकपुरलाई आजको खेलमा हारको स्वाद चखाउन चाहन्छ।
जनकपुर अनिल शाहको कप्तानीमा मैदानमा हुँदा सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा छ।
एनपीएल अंक तालिकामा अपराजित जनकपुर चार खेलमा ८ अंकसहित शीर्ष स्थानमा छ भने सुदूरपश्चिम चार खेलमा एक हारसँगै ६ अंकका साथ दोस्रो स्थानमा छ।