बाजुरा- बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर पाँच दशमलव २ म्याग्नेच्युडको भूकम्प गएको छ।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिवार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो। भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए।
भुकम्पले उक्त क्षेत्रमा कुनै क्षति भने पुगेको विवरणहरु प्राप्त भएको छैन।